- यसरी अस्पतालको बहु-विशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रात-दिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दागर्दै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । उपचारकै क्रममा आज शुक्रवार बिहान ११:१९ बजे उहाँको दुःखद र असामयिक निधन भएको छ ।
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको विषयमा वीर अस्पतालले शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा भर्ना भएका नेपालीको आज बिहान ११:१९ बजे निधन भएको जनाएको छ ।
मुगु जिल्ला सोरु गाउँपालिका- १ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।
उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको अस्पतालले उल्लेख गरेको छ ।
अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको भएपनि अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म प्रयास गरेका थिए । उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
वीर अस्पतालले भनेको छ:
मुगु जिल्ला, सोरु गाउँपालिका वडा नं. १ निवासी २५ वर्षीय गणेश नेपाली शरीरको करिव ५५ प्रतिशत भाग जलेको (Severe Burn) अत्यन्तै नाजुक र जटिल अवस्थामा हिजो यस अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएदेखि नै उहाँको जीवन रक्षाका लागि यस अस्पतालको विशेषज्ञ टोलीले आइसियु (I.C.U.) मा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिरहेको थियो ।
बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालका प्लाष्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उहाँको ज्यान बचाउनका लागि चिकित्सा विज्ञानले भ्याएसम्मका सबै किसिमका प्रयासहरू गरिरहेका थिए । उहाँलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको अवस्थामा अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर (CPR) र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए ।
यसरी अस्पतालको बहु-विशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रात-दिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दागर्दै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । उपचारकै क्रममा आज शुक्रवार बिहान ११:१९ बजे उहाँको दुःखद र असामयिक निधन भएको छ ।
उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बावजुद बिरामीलाई बचाउन नसकेकोमा वीर अस्पताल परिवार पूर्ण रूपमा स्तब्ध भएको छ । स्वर्गीय गणेश नेपाली ज्यूको दुःखद निधन प्रति वीर अस्पताल परिवार र नेपाल सरकार गहिरो दुःख र संवेदना व्यक्त गर्दछ । साथै, यस अपूरणीय क्षतिको कठिन घडीमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।